दफा ६
पानीको वितरण बन्द गर्ने
कुनै करदाताले दफा ४ को उपदफा (३) मा लेखिएको म्याद भूक्तान भएको ६ महिनासम्ममा पनि आफूले बुझाउनु पर्ने कर र दफा ५ बमोजिमको अतिरिक्त शुल्क नबुझाएमा निजको नाममा दर्ता रहेका धाराबाट दफा २ को खण्ड (क) मा उल्लेख भए बमोजिमको पानीको वितरण बन्द गरिनेछ ।